1st NATIONAL CIVIL-MECHANICAL ENGINEERING EXHIBITION 2071

sponsored links

.

.

.

.

.

.

.

.

.

.

.

.

स्थान: केन्द्रिय क्याम्पस, पुल्चोक

मिती: ८,९ र १० फाल्गुन, २०७१

आयोजक: सेस-नेपाल तथा सोमेस

sponsored links

विज्ञान र प्रविधिको शिक्षा व्यवहारिक ज्ञान बिना अधुरो हुन्छ | सोही कुरालाई ध्यानमा राखेर “सृजना अवसरको, सहकार्य समृद्धिको” नारालाई आत्मसाथ गर्दै‘सिभिल इन्जिनियरिंग स्टुडेन्ट्स सोसाइटी, नेपाल’ (सेस नेपाल) र‘सोसाइटी अफ मेकानिकल इन्जिनियरिंग स्टुडेन्ट्स’ (सोमेस)ले संयुक्त रूपमा‘प्रथम सिभिल मेकानिकल एक्जिबिसन’ आयोजना गरेको छ | प्रदर्शनी फाल्गुन ८, ९ र १० गरि तिन दिन चल्नेछ | सेस नेपाल र सोमेसले संयुक्त रुपमा गर्न लागेको प्रथम प्रदर्शनी भए ता पनि, यी दुबैले (सेस र सोमेस) यो भन्दा अगाडी छुट्टा छुट्टै रूपमा प्रदर्शनी गर्दै आएका छन् | संयुक्त रूपमा आयोजना गरिने भएकोले पनि यो प्रदर्शनी विशेष रहने कुरा आयोजक कमिटि को रहेको छ | हरेक दुई वर्षमा भइ रहने सिभिल एक्स्पो, यो वर्ष देखि हरेक एक वर्षमा गर्न लागिएको कुरा पनि सेस नेपालका अध्यक्ष आकाश पराजुलीले बताउनुभयो | एउटा नयाँ ट्रेन्ड बसाउन भनेर पनि हामीले यो निर्णय गरेका हौं, अध्यक्षको कुरामा आफ्ना कुरा थप्दै सचिव कृष्ण पाण्डेले आफ्ना बिचार राख्नुभयो | दुबैको सहकार्य रहेको प्रदर्शनीमा विभिन्न प्रतियोगिता भने छुट्टा छुट्टै रूपमा आयोजना हुँदैछ| प्रदर्शनीमा ‘हाजिरजवाफ’, सिभिल इन्जिनियरिंगका क्षेत्रमा प्रयोग हुने, भइरहेका साथै निकट भविष्यमा लागू गर्न सकिने ‘मोडेल’ हरू प्रदर्शनी गरिनेछ| यसले गर्दा सोही क्षेत्रमा पढ्दै गरेका विद्यार्थीहरूले किताबी मात्र रूपमा नभएर व्यावहारिक रूपमा पनि अध्ययन गर्ने अवसर पाउनेछन् | सोमेसको तर्फबाट‘पेपर प्लेन’ कम्पिटिसन र ‘रोबोट प्रदर्शनी’ मुख्य आकर्षणको रुपमा रहनेछ | प्रदर्शनी अबलोकन गर्न आएका दर्शकहरूलाई ध्यानमा राखी, युवापीढीको लागि ‘मनोरन्जनात्मक स्टल’ हरू नि राखिएको छ | प्रदर्शनी अवलोकन गरेर चाहेकाले त्यसको मज्जा लुट्न पाउनेछन्|

1st National Civil-Mechanical Exhibition 2071त्यसै गरि ‘इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स र कम्प्युटर’ विभाग विद्यार्थीहरूको संस्था‘लोकस’ले पनि फाल्गुन ८, ९र १० मा प्रदर्शनीको आयोजना गरेको छ | ‘भबिस्यको लागि प्रविधि’ भन्ने नारालाई आत्मसाथ गरेर लोकसले प्रदर्शनी गर्न लागेको हो | लोकस यो बार्हौ राष्ट्रिय प्रदर्शनी हो | यस्ता प्रदर्शनीले विद्यार्थी, तथा अध्ययनकर्तालाई, किताबी ज्ञानमा मात्र सीमित नभई, किताबी ज्ञानलाई व्यवहारमा कसरी लागू गर्न सकिन्छ भनेर बुझाउन समेत मद्दत गर्छ | यस्ता प्रदर्शनी आयोजना गरिने भएकोले पनि हामीले आफ्नो प्रतिभा दर्शकहरू माझ देखाउने मौका पाएका छौ भनेर एक सहभागीले प्रतिस्पर्धाका लागि नाम दर्ता गराउने बेलामा बताए | आशागरौं‘ प्रथम सिभिल मेकानिकल एक्जिबिसन’ र‘लोकस’को‘टेक्नोलोजिकल फेस्ट’ भव्यताका साथ सफलहोऊन्| यस्ता प्रदर्शनीले गर्दा अरूमा पनि आगामी दिनहरूमाप्रदर्शनी गर्ने प्रेरणा मिलोस् !

फाल्गुन ८, ९ र १० मा पुल्चोकमाठूलो मेला लाग्दैछ, एकचोटी सबै जना घुम्न जावौ!!!

NepalScholarship.com भने अधिकारिक अन्लाइन पार्ट्नरका रुपमा यस प्रदर्शनीसँग आबद्ध छ।

This article has been written by one of NepalScholarship.com’s Pulchowk correspondent, Abhash Acharya.

Click here to check more Scholarship for Nepalese Students

Incoming search terms: